राजनीति

अर्जुन दृष्टिको खोजीमा कांग्रेस

काठमाडौं । देशका प्रत्येक राजनीतिक यात्रामा अगाडि उभिँदै आएको नेपाली कांग्रेस अहिले आफ्नै मार्गचित्र निर्धारणमा अलमलिएको देखिन्छ। राणा शासनदेखि लिएर बहुदल पुनर्स्थापनासम्म र पछिल्लो संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका इतिहासमा बोकेर पनि कांग्रेस जेन–जी आन्दोलनपछिको नयाँ यथार्थ आत्मसात गर्न नसकिरहेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। सभापति देउवाले कांग्रेस एकता,संगठित,समन्वयकारी,निर्णयमूखी बनाउने जिम्मेवारी सबैको भएको भन्दै देशका पछिल्ला राजनीतिक घटनाक्रमलाई विस्तृत रुपमा विश्लेषण गरेर मात्र निर्णयको टुङ्गो पुग्नुपर्ने बताइरहेका छन् । देशको एउटा कांग्रेसभित्र दुई धार बनेपछि पार्टी कम्जोर बनको समेत उनको भनाइ छ । सभापति देउवाले जेनजी आन्दोलनको आत्मासमिक्षा गर्दै अहिले देशभरीको कांग्रेसजन र मन एक भएर ,एउटै मालमा उनिएर देशको शान्ति सुरक्षा,राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तार, राष्ट्रिय सुरक्षा,सार्वभौमिकता,नागरिक अधिकार,लोतन्त्रको रक्षा र संविधानको रक्षामा लागि पर्न आग्रह गर्दै आएका छन् ।

२३–२४ भदौमा भएको जेन–जी आन्दोलनले राष्ट्रिय राजनीति हल्लाएपछि मुलुकमा उत्पन्न नयाँ राजनीतिक उर्जालाई कांग्रेसले संस्थागत रूपमा समात्न सकेको छैन। यही पृष्ठभूमिमा विश्लेषक उद्धव प्याकुरेल भन्छन्, “कांग्रेसको अहिलेको चाल न हाँसको, न कुखुराको देखिन्छ।” २८ असोजदेखि सुरू गरिएको केन्द्रीय कार्यसमिति बैठक एक महिनाभन्दा बढी समय बित्तिसक्दा पनि कांग्रेस १५औँ महाधिवेशन ‘चुनावअघि गर्ने कि पछि’ भन्ने मूल प्रश्नमै अल्झिएको छ। नेताहरूको मतभेद चुलिँदै गएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक बारम्बार सार्दै सहमतिको वातावरण बनाउन खोजे पनि टुंगो लाग्न सकेको छैन।बैठक लामो समय लम्बिँदा कांग्रेस ‘कम्युनिस्ट मोड’मा पुगेको टिप्पणी कार्यकर्ताले गर्न थालेका छन्। निर्णयविहीनता र बैठक स्थगनले आमसमर्थकको मनोबल कमजोर भएको राजनीतिक विश्लेषक सञ्जिव हुमागाईंको टिप्पणी छ।

महामन्त्रीहरूकै प्रश्नले पार्टी अड्किएको आरोप पनि कांग्रेसभित्रको अर्को पश्न हो । चार वर्षदेखि संगठन चलाइरहेका महामन्त्रीहरू नै प्रश्न उठाएर बैठक लम्ब्याउनु प्रजातान्त्रिक मर्यादासँग मेल खाँदैन। महाधिवेशन चुनावअघि गर्ने कि पछि ? चुनावअघि महाधिवेशन पार्टीका लागि फाइदाजनक,तर अन्तर्घातको जोखिम उच्च, हार्नेहरू टिकट नपाउन्जेल भोलि चुनावमा जित्नेहरूलाई कमजोर बनाउने खेलले पार्टीलाई थप अस्थिर बनाउने राजनीतिक विज्ञहरुको अनुमान छ । यद्यपि, चुनावअघि चुनिएका नयाँ अनुहारहरूले पार्टीलाई नयाँ उर्जा दिने उनीहरुको तर्क पनि बलियो छ

पार्टीभित्र ‘दुई धार’ प्रस्ट

१, चुनावअघि महाधिवेशन माग्ने समूह
– कुपण्डोलमा भेला भएका २४ केन्द्रीय सदस्य
– विधानअनुसार विशेष महाधिवेशनको मागसहित ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

२, स्थापित नेतृत्व पक्ष
–चुनावपछि मात्र महाधिवेशन
– सहमति जुटेन भने बहुमतबाट निर्णय गर्ने तयारी

डा .शेखर कोइराला नेतृत्वको समूह पनि सक्रिय छलफलमै छ।

जेन–जी आन्दोलनले देशमा देखाएको राजनीतिक जागरणले नेतृत्व परिवर्तनको माग प्रस्ट बनाइसकेको छ।
तर कांग्रेस अझै—महाधिवेशनको समय, विधि, नेतृत्व परिवर्तनको मोडेल जस्ता मूल सवालमा टुंगोमा पुग्न सकेको छैन।
विश्लेषकहरूको साझा धारणा ,अब पनि निर्णयलाई टार्ने हो भने कांग्रेस मात्रै होइन, समग्र लोकतान्त्रिक प्रणालीको विश्वसनीयतामै धक्का पुग्न सक्छ।

काँग्रेसको बैठक आज पनि स्थगित

कांग्रेस एकताका लागि संस्थापन र संस्थानपनइतर समुहको तयारी किन ढिलो ?

पार्टीभित्रको विवाद मिलाउन कांग्रेस सभापति देउवाको सक्रियता

यस पटक हामी झुक्दैनौं- महामन्त्री थापा

नियमित महाधिवेशनको निर्णय कांग्रेसले केन्द्रीय समिति बैठकबाटै गर्नुपर्छ : डा. शेखर कोइराला

पार्टीलाई चिरा पार्ने अभियानमा सक्रिय महामन्त्री थापा र शर्मालाई सभापति देउवाले कस्तो देलान् जवाफ ?

कांग्रेस महाधिवेशनको मिति सभापति देउवाको नेतृत्वमा टुङ्गो लाग्ने निश्चित

 

सरकार स्थायित्वका लागि विश्वप्रकाश शर्माको ५ सूत्रीय प्रस्ताव

सहमहामन्त्री चौधरीको गगन थापामाथि प्रश्नः हस्ताक्षर गरेर पार्टी फुटाउन खोज्ने कसरी क्रान्तिकारी ?

महामन्त्री थापाप्रति सहमहामन्त्री किशोर राठौरको असन्तुष्टि

महाधिवेशनको विवादमैँ रुमलिएको कांग्रेस, निर्वाचन नजिकिँदा समेत ठोस निर्णय निकाल्न असमर्थ !

कांग्रेस केन्द्रीय सदस्य बस्नेतको प्रश्न : नियमित महाधिवेशन रोकिनुमा को दोषी ?

महाधिवेशन विवादले काँग्रेस विभाजनको खतरा : डा. शेखर कोइराला

काँग्रेसभित्रको सामाजिक सञ्जाल गतिविधि आत्मघाती : प्रवक्ता महत

कांग्रेस केन्द्रीय कार्यसमितिमा एउटै एजेण्डा, महाधिवेशनको मिति टुङ्याउनै मुस्किल !

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा

संसद् पुनर्स्थापना कि निर्वाचन, के मा कांग्रेसको जोड ?

महामन्त्री थापा र शर्मालाई केन्द्रीय सदस्य गुरुङको प्रश्नः देश जलिरहँदा विशेष महाधिवेशन किन ?

महान्त्री शर्मालाई कल्याण गुरुङको काउन्टर : पपुलिज्मले देश चल्दैन, प्रणालीले चलाउँछ

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड

कांग्रेसको १५औं महाधिवेशन पुस मसान्तभित्र सम्पन्न हुनुपर्छ : नेता कोइराला

कांग्रेसमा विशेष र नियमित महाधिवेशन पक्षबीच मतभेद, आ–आफ्नो भेला आयोजना

सरकार स्थायित्वका लागि विश्वप्रकाश शर्माको ५ सूत्रीय प्रस्ताव

कांग्रेस १५ औँ महाधिवेशनको ठोस निर्णय कहिले होला सार्वजनिक ?

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *