
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीलाई सक्षम र सुशासनमुखी बनाउन याँ नियम लागू गर्ने तयारी गरेको छ । समसामयिक विषयमा एमालेले पार्टीको विरोधमा बोल्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढाएपछि आगामी दिनमा आफ्नो पार्टीमा पनि त्यस्ता गतिविधिहरु नबढ्न् भन्ने उदेश्यका साथ सिकराउतले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सामाजिक संजालनमा कडाई गर्ने निर्णय गरेको छ । सिके राउतको नेतृतवमा गठीत सो पार्टीले पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई सामाजिक संजालको सही ठाउँमा प्रयोग गर्न पाठ सिकाउदै पार्टीको नेतृत्वलाई अगाडी बढाउनलाई पार्टीका बारेमा एक पोष्ट गर्न अनिवार्य गरिएको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पदाधिकारीहरूलाई पार्टीको सकारात्मक प्रचार९प्रसारमा अनिवार्य जोड्न र त्यसलाई अनुगमनसमेत गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए । पार्टीका सम्पूर्ण पदाधिकारीहरूले सामान्यतः हरेक दिन पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल ९फेसबुक, एक्स, टिकटक आदि० मा गर्नु पर्नेछ ।
बैठकको निर्णयमा भनिएको छ, ‘पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले सो पोस्ट गरे(नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेश गर्नेछ । मासिक रूपमा २० वटा बढी पोस्ट आए राम्रो, १०–२० आए औसत, ३–१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिनेछ। सो मूल्याङ्कन अन्य जिम्मेबारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेबारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिनेछ ।’
पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले पुस मसान्तसम्ममा आ९आफ्नो सामाजिक सञ्जाल अनुगमन समिति गठन गर्न समेत निर्देशन दिइएको छ ।
पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरूद्धमा अभिव्यक्ति दिने, बोल्नेरलेख्ने वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई असर पु¥याउने किसिमका कुनै पनि गतिविधिलाई अगाडी नबढाउन नपाइने समेत पार्टीले निर्णय गरेको छ । सो पार्टीले पार्टीलाई अनुशासित र सभ्य बनाउनका लागि यस्तो निर्णय गरेको छ ।
निर्णयमा भनिएको छ, ‘सो गरेमा पार्टीको विधानअनुसार कारवाही हुने प्रावधान छ। पार्टीका कमीकमजोरीहरू वा पार्टीका पदाधिकारी, सभासद् वा मन्तीहरूविरुद्ध कुनै कुरा भएमा पार्टीका गुनासो सुन्ने सम्बन्धित पदाधिकारी समक्ष, वा पार्टीको आन्तरिक बैठकमा अनुशासित भएर राख्नु पर्दछ, वा लिखित रूपमा आफ्नो तहको समिति वा अन्तिममा केन्द्रीय अनुशासन समितिको ध्यानाकर्षण गराउनु पर्दछ।’
पार्टीको सदस्य भएमा पार्टीबाट लाभ मात्रै खोज्ने होइन कि पार्टीप्रति आफ्नो जिम्मेबारी पनि निर्वाह गर्नुपर्ने उल्लेख गरेको छ । पार्टीमाथि आक्रमण भएमा सदस्यले प्रतिरक्षा गर्न समेत आवश्यक रहेको उनको भनाइ छ ।