राजनीति

कांग्रेसभित्र नयाँ समिकरणको संकेत: शीर्ष नेताहरूको भेटवार्ताले बढायो चासो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सँग भेटवार्ता गरेका छन्।

बुधबार खड्कालाई भेट्न थापा र शर्मा उनको निवास पुगेका थिए। भेटमा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि र विभाजनको अवस्थाबीच नेताहरूबीच संवाद बढेको हो। सभापति थापाले यसअघि मंगलबार नेता डा. शेखर कोइराला सँग पनि छलफल गरेका थिए।

गत पुसमा भएको विशेष महाधिवेशनपछि कांग्रेसभित्र नेताहरू विभाजित देखिए पनि पार्टीलाई एकताबद्ध बनाउने प्रयास स्वरूप संवाद तीव्र बनाइएको बताइएको छ। देउवा पक्षले भने पार्टी एकताबद्ध बनाउने जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताउँदै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *