देश

संसदीय समितिले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीको अवलोकन गर्ने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा कानून, न्याय तथा संसदीय समितिले काठमाडौं उपत्यकाभित्रका सुकुम्बासी बस्तीको अनुगमन गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले हालै हटाएको सुकुम्बासी बस्तीका प्रभावित नागरिकको अवस्थाबारे अध्ययन र पीडाको सुनुवाइ गर्न एक हप्ताभित्र अनुगमनमा जाने निर्णय गरेको हो ।

समितिकी सभापति समिक्षा बास्कोटाका अनुसार काठमाडौं उपत्यकाभित्रका सुकुम्बासी बस्तीको वास्तविक अवस्थाबारे जानकारी लिन यही हप्ताभित्र अनुगमन गरिनेछ । उनले समिति अझ प्रभावकारी बनाउन आवश्यकताअनुसार उपसमिति गठन गरेर अघि बढ्ने तयारी रहेको पनि बताइन् ।

बास्कोटाले बजेट अभावका कारण तत्काल उपत्यकाबाहिर अनुगमन गर्न नसकिने भए पनि उपत्यकाभित्रको अध्ययनलाई प्राथमिकता दिइने स्पष्ट पारिन् । उनले समितिका सदस्यहरूबीच सहकार्य गर्दै संसदीय कामलाई प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *