देश

अध्यादेशको दबाबपछि त्रिवि नेतृत्व सामूहिक राजीनामा, सरकारलाई बाटो खुला

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजालले राजीनामा दिएका हुन् ।

आफूहरू कक्षाकोठामा रमाउने प्राध्यापक भएकाले नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएको शिक्षाध्यक्ष केसीले बताएका छन् । हालै सिफारिस भएको अध्यादेशमा पनि पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको र सत्तारुढ दलका कतिपय नेताको पनि त्यस्तै आशय देखिएपछि पदाधिकारीले बिहीबार कुलपति बालेन्द्र शाहलाई राजीनामा पठाएका हुन् ।

केसी र रिजाल पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *