काठमाडौं। नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति हुनुभएको छ । यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।
प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आज आयोजित समारोहमा उहाँहरुलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृतलगायत पदोन्नति हुनुभएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति थियो ।




