देश

प्रधानन्यायाधीश सिफारिस विवादमा सभापति रवि लामिछानेको प्रतिक्रिया, “मेरो गर्धन त्यहीँ छ, हतियार चलाइदिनुस्”

काठमाडौं । रवि लामिछाने ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल को कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै तीव्र प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले पार्टीका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै न्यायालयमा भइरहेको नियुक्ति प्रक्रिया र सिफारिस प्रणालीबारे टिप्पणी गरेका हुन् ।

उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया परम्परागत अभ्यासभन्दा बाहिर गएर गरिएको भन्दै त्यसलाई असंवैधानिक भनेर गरिएको टिप्पणीको जवाफ दिएका छन् । उनका अनुसार वरिष्ठताको आधारमा मात्र निर्णय गरिएको भए संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने दाबी गरे ।

लामिछानेले नियुक्ति प्रक्रियामा “भागबन्डा” को अभ्यासलाई संकेत गर्दै यदि परम्परागत प्रणाली यथावत् रहेको भए अहिलेको जस्तो बहस नहुने बताए । उनले न्यायालयप्रति आक्रोश व्यक्त गर्दै व्यक्तिगत आलोचना गर्नेहरूप्रति कडा शैलीमा चुनौतीसमेत दिएका छन् । “मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, हतियार चलाइदिनुस्,” उनले भने ।

साथै उनले न्यायालयलाई व्यंग्य वा विवादको विषय नबनाउन आग्रह गर्दै नागरिकले वास्तविक रूपमा न्याय पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनका अनुसार न्याय केवल कागजमा सीमित नभई व्यवहारमा अनुभूति हुने हुनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *