राजनीति

एमाले उपाध्यक्ष पौडेलले भने– गठबन्धन बनाउने फुर्सद छैन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग गठबन्धन बनाउने र भत्काउने कुनै फुर्सद नभएको बताएका छन् ।

रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई शनिवार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमाले कुनै पनि नामको गठबन्धनको बाटोमा नरहेको दाबी गरेका हुन् ।

नेता पौडेलले नेकपाको दुई तिहाइको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गर्ने, उनीहरूसँग गठबन्धन हुने कुनै पनि गठबन्धन नहुने दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *