कर्णाली।कर्णाली प्रदेश सरकारले यहाँ कार्यरत विभिन्न विकास साझेदारको समन्वय र भूमिका विषयमा छलफल सुरु गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय, कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशमा कार्यरत विकासका साझेदारसँगको समन्वय बैठक’मा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु भएको हो । मुख्यमन्त्री यामलाल कँडेलले विकास साझेदारसँग सम्बन्ध, सहकार्य र प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा साझेदारको भूमिकाबारे जानकारी लिने ध्येयले छलफल थालिएको बताए।
छलफलमा कर्णालीमा कार्यरत युनिसेफ नेपाल, युएन वुमन, युएनएफपिए, डब्लुएचओ, डब्लुएफपी, आइएलओलगायत अन्तरराष्ट्रिय तथा राष्ट्रिय विकास साझेदारहरुले कर्णालीको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, लैङ्गिक हिंसा, सामाजिक न्याय तथा मानव अधिकारका क्षेत्रमा भएका र आगामी दिनमा गरिने योजना तथा कार्यक्रमबारे प्रस्तुति प्रस्तुत गरिएको थियो ।




