देश

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

बागलुङ । दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक सडक चार वर्षमा पनि सकिएको छैन ।

हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी उक्त सडकखण्ड ठेक्का सम्झौता भएकोे थियो ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडक समयमै काम नसक्दा स्थानीयलाई समस्या भएको छ ।

सडक निर्माणमा स्थानीयको निरन्तर खबरदारी र जनगुनासोको बेवास्ता भएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिनुभयो । सो सडक २०८१ साल भदौमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान थियो ।

सडक निर्माणको जिम्मा वल्डवाइड÷लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो । स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए । विसं २०७९ भदौमा रु २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *