काठमाडौँ। नेकपा एमालेले राष्ट्रिय सभातर्फ संसदीय दलको सचेतकको जिम्मेवारी रोशनी मेचेलाई दिएको छ।
पार्टीका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मेचेलाई सचेतक पदमा मनोनयन गरेको जानकारी प्राप्त भएको छ।
उक्त निर्णयसँगै राष्ट्रिय सभामा एमाले संसदीय दलको समन्वय तथा दलगत गतिविधि व्यवस्थापनसम्बन्धी जिम्मेवारी अब मेचेले सम्हाल्ने छन्।




