ताजा समाचार

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिसपछि धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीशको नाम सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको आज आकस्मिक बैठक बस्ने भएको छ । संवैधानिक परिषद्ले वरीयता मिचेर प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि यसबारे धारणा तय गर्न बारले बैठक बोलाएको हो ।

बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई समेत आमन्त्रण गरिएको छ ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

यस सिफारिसप्रति राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाएका छन् । वरीयता मिचेर गरिएको सिफारिसबारे विभिन्न पक्षबाट फरक–फरक प्रतिक्रिया आइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *