खोटाङ। करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।
गाउँमा विस्तार गरिएको विद्युत् अवरुद्ध भएपछि पुनः सञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिएका छन् । दिप्रूङ चुईचुम्मा गाउँपालिमा वन जंगलको बाटो हुँदै विधुत विस्तार गरिएको र बाम्बार विद्युत जाने समस्या र तारहरुलाई छोएका रुखका हाँगाहरु हटाउने विषयमा केही समयअघिदेखि नै स्थानीयवासीहरुले ध्यानाकर्ण गराउँदै आएका थिए । गाँपालिकाभित्र बारम्बार विद्युत जाने समस्या अहिले पनि रहेको स्रोतले जनाएको छ । विधुत सर्टबाट हुने क्षेति न्युनिकरणका लागि गाउँपालिका अलिक निष्कृय रहेको स्रोतको दाबी छ ।
यस्तै महादेवस्थानका कार्कीको बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।




