काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीन वटा समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठक बस्न लागेको हो ।
दिउँसो १ बजेदेखि बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचय, हालसम्मका कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान १०ः३० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आन्तरिक विषयमा छलफल हुने जनाइएको छ ।
यस्तै, दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा समितिको कार्यविधि निर्माणसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।




