देश

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार रुपैयाँ तथा अन्य ८ जनालाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीहरूविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन् ।

अदालतले गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्रीलाई पनि २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *