राजनीति

घनश्याम भुसाललाई विष्णु रिमालको जवाफ कवितामैँ : अरुको घर भत्काउनु भन्दा आफ्नै घर बनाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एसका महासचिव भुसाललाई छाडेर हिँडेको पार्टीका बारेमा टिक्का टिप्पणी गर्नुभन्दा आफ्नै पार्टी बलियो बनाउन सुझाव दिएका छन् । शनिबार रिमाले भुसाललाई कवितात्मक शैलीमा चुनौती र चेतावनी दिएका हुन् ।

नेकपा एमालेसँग असन्तुष्ट बनेका नेकपा एसका महासचिव भुसालले शनिवार पत्रकार सम्मेलनमा एमालेभित्र बढेको आन्तरिक द्वन्द्वलाई लिएर विभिन्न टिक्का टिप्पणी गर्दै अध्यक्ष पद छाड्न केपी शर्मा ओलीलाई सुझाव दिएपछि रिमालले कविताको शैलीमा जवाफ दिएका थिए । उनले कवितामा भनेका छन– ेनेकपा एसभित्रको विवादले पार्टी सिध्याउन लागेको भन्दै विवाद समाधान गर्न सुझाव दिएका छन् ।

इतिहासदेखि नै आफूहरू पार्टी संगठन बनाउन लाग्दा भुसाल सधैँ विवाद झिकेर बस्ने र पार्टी विभाजनमा लाग्ने गरेको उल्लेख गर्दै रिमालले आदर्शका गफ मात्र लिएर अघि बढ्न खोजेको उल्लेख गरे ।

घनश्याम भुसाललाई विष्णु रिमालको जवाफ कवितामैँ :

उनी पो निसासिए रे !
उनन्चालीस सालदेखि यता
हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,
पार्टी भित्र सधैँ उनी—
विवादका लागि मौकाको खोजीमा रहे,
अनवरत ‘किच–किच’ गरेर बसिरहे।
प्रत्येक चुनौती चिर्दै
पार्टीले उचाइ छोएको बेला,
सुरु भएको विवादमा,
हामी एकताको पक्षमा उभियौँ,
उनले विभाजनको बाटो रोजे ।
बाटो मात्र रोजेनन्,
त्यस समूहलाई पनि बीचमै छोडे( अन्तै दौडिए।
‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।
एक समय फेरि आयो,
पार्टीमा बहस–विवाद सुरु भयो ।
‘जोरीपारी’हरू–
‘एमाले विनाको राजनीति’को खेतीमा लागे,
उनी ‘ओली विनाको एमाले’ भन्दै उफ्रिए ।
विभाजनको लागि कसैलाई उचाले–
एकता भन्दै आफू अर्कातिर अल्झिए ।
मौसम छ्याङ्ग भएपछि,
फेरि नयाँ चुनौती सामना गर्ने बेलामा—
छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।
सानै सही—
असहमत ‘अरूहरू’ले दुःखैले बनाएको घरमा
लुसुक्क छिरे–
‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटे झैँ
उल्टै हाकिम पल्टिए ।
अहिले फेरि उनलाई लागेछ क्यारे–
कतै ‘टाँड’ पो पर्छ किरु!
कतै औँला घुसार्न पो मिल्छ किरु१
अनि भन्न थाले छन् फेरि–
‘ओलीले छोड्नु पर्छ, उकुसमुकुस भएको छ।’
अरे यार!
ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर १
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा(भाँडा’हरू
बज्न नदेऊ न !
ढोका खोलुन् कि–– छेस्किनी लाउन्,
अरूले उनीहरूका घरमा,
जे गरुन्–बाल मतलब!

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *