देश

दशरथ रंगशालामा सुकुम्बासीको भीड, ३ हजार बढी परिवार दर्ता

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ पुगेको छ।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा प्रभावित परिवारहरूको तथ्यांक संकलन गरिरहेका छन्। रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क स्थापना गरी फारम भर्ने तथा आवश्यक विवरण लिने काम भइरहेको छ।

प्रभावित नागरिकहरूको आधारभूत आवश्यकता सम्बोधन गर्न स्वास्थ्य परीक्षण, खानपान तथा राष्ट्रिय परिचयपत्र बनाउने सेवा पनि उपलब्ध गराइएको छ। यी सेवाको व्यवस्थापन तथा समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *