राजनीति

गृहमन्त्रीले भने– एमाले नेतृत्वको सरकारले जारी गरेको अध्यादेशअनुसारकै नागरिकता विधेयक हो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमाले नेतृत्वको यसअघिकै सरकारले जारी गरेको अध्यादेशअनुसार अहिले नागरिकता विधेयक संसदमा टेवल गरेको बताएका छन् ।

सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खाँणले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसार नै अहिले विधेयक संसदमा टेवल गरिएको दाबी गरे ।

उनले अनागरिकको जीवन बिताइरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याएको समेत दाबी गरेका छन् ।

मन्त्री खाँणले विधेयकमा महिलाहरुको स्वाभिमानमाथि चोट पुर्‍याउने खालको कुनै पनि प्रावधान नभएको समेत दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *