राजनीति

प्रधानमन्त्री अनुपस्थित भए विपक्षीले संसद् बहिष्कार गर्ने चेतावनी

काठमाडौँ । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा अर्जुननरसिंह केसी ले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित नभए विपक्षी दल बैठकमा सहभागी नहुने स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्रीले संसद् छाडेर हिँडेको विषयलाई संसद्को गरिमासँग जोडिएको भन्दै गम्भीर रूपमा लिइएको बताए ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने प्रस्ताव प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले पेश गर्ने भएपछि विपक्षी दलहरूले विरोध जनाएका हुन् । विपक्षी सांसदहरूले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने मागसमेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *