काठमाडौं । चीनको राजधानी बेइजिङमा भएको उच्चस्तरीय द्विपक्षीय वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको खुलेर प्रशंसा गरेका छन् । दुई नेताबीच भएको छलफलका क्रममा ट्रम्पले सी चिनफिङलाई पटक–पटक “महान् नेता” भन्दै व्यक्तिगत र राजनीतिक दुवै रूपमा उच्च सम्मान व्यक्त गरेका थिए । यसअघि पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले सीलाई “तानाशाह” भनेर आलोचना गर्दै आएका थिए, तर ट्रम्पको भनाइ त्यसको ठीक विपरीत देखिएको छ ।
वार्ताका क्रममा ट्रम्पले सी चिनफिङप्रति गरेका प्रमुख टिप्पणीहरू ः
१, “तपाईं एक महान् नेता हो।”
२, “मैले तपाईंलाई महान् नेता भने पनि कतिपयले मन पराउँदैनन्, तर म भने सत्य कुरा भन्छु।”
३, “तपाईंको साथी हुन पाउनु मेरो लागि ठूलो सम्मान हो।”
४, “तपाईंसँगै यहाँ उपस्थित हुनु मेरो अहोभाग्य हो।”
,। “आज यहाँ तपाईंलाई सम्मान गर्न केवल शीर्ष व्यक्तिहरू मात्र उपस्थित छन्।”
ट्रम्पको यस्तो अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा फरक सन्देश दिने कदमका रूपमा हेरिएको छ । अमेरिका–चीन सम्बन्ध तनावपूर्ण रहँदै आएको पृष्ठभूमिमा ट्रम्पको प्रशंसाले कूटनीतिक संकेतबारे विभिन्न विश्लेषण भइरहेका छन् ।




