काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काभ्रेको बनेपामा सञ्चालनमा रहेको सुकुमबासी होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समिति बैठकले त्यहाँ आश्रय लिइरहेका परिवारको अवस्था बुझ्न अनुगमनमा जाने निष्कर्ष निकालेको हो ।




