देश

प्रतिनिधि सभाको बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने प्रस्ताव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा पेश गरेपछि विपक्षी दलहरूले छलफलका क्रममा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान राख्दै बैठक अवरुद्ध गरेका थिए ।

विपक्षीको निरन्तर अवरोधपछि सभामुखले बैठक सञ्चालन गर्न आग्रह गर्दै अन्ततः बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *