देश

चेक अनादर प्रकरणमा भैरवी गाउँपालिका अध्यक्ष शाही पक्राउ

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेकी छन्। करिब पाँच लाख रुपैयाँ बराबरको चेक साट्न नपाएपछि परेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार एक स्थानीयले दिएको जाहेरीपछि शाहीलाई शुक्रबार पक्राउ गरिएको हो। प्रहरीले उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेकाले अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *