देश

कांग्रेस प्रतिष्ठानका सदस्यले लिए शपथ, विश्वप्रकाशको नेतृत्वमा ३९ सदस्य नियुक्त

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहितका सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति शर्मालाई पार्टी सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यसपछि उपसभापति शर्माले प्रतिष्ठानका बाँकी सदस्यहरूलाई शपथ गराएका थिए ।

उपसभापति शर्माले मंगलबार प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका थिए । नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी उनीहरूलाई नियुक्त गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *