देश

प्रा. डा. अग्रवाल प्रधानमन्त्री शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त

काठमाडौँ । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाल लाई प्रधानमन्त्री बालेन साह को अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीनसमेत रहेका अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती तथा चिकित्सा शिक्षाको सुधारका विषयमा प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व डा. अग्रवालको नियुक्तिले सरकारलाई नीति निर्माण तथा सेवा सुधारमा महत्वपूर्ण प्राविधिक सहयोग प्राप्त हुने विश्वास गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक स्वास्थ्यलाई प्राथमिकतामा राखिएको सन्दर्भमा यो नियुक्तिलाई अर्थपूर्ण रूपमा लिएको जनाएको छ। डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई अवैतनिक रूपमा विशेषज्ञ सेवा दिनेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *