काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ।
आगामी सङ्घीय संसद् अधिवेशनमा पार्टीको भूमिका तथा समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा पार्टीका शीर्ष नेतृत्वसहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूको उपस्थिति रहेको छ।
सदनमा पार्टीका तर्फबाट अपनाइने रणनीति, जनसरोकारका मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने उपाय तथा संसदीय गतिविधिलाई कसरी सशक्त बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक घटनाक्रमको समीक्षा गर्ने कार्यसूची पनि रहेको छ। संसदीय अभ्यासलाई प्रभावकारी बनाउँदै पार्टीको एकरूपता कायम गर्न यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।




