काठमाडौं । नेपाली कांग्रेसभित्र देउवा समूहले पार्टी नेतृत्वमाथि कडा आपत्ति जनाउँदै अनुशासनको नाममा स्पष्टीकरण सोध्ने कार्य तत्काल रोक्न माग गरेको छ ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलाले नेताहरूमाथि कारबाहीको डन्डा चलाएर पार्टीमा निरङ्कुश प्रवृत्ति देखाइएको आरोप लगाएको हो । नेताहरूले यस्तो अभ्यास तत्काल रोक्नुपर्ने निष्कर्ष निकालेका छन् ।
नेता पूर्णबहादुर खड्काले नेतृत्व गरेको भेलाले हालको राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक समीक्षासमेत गरेको छ । बैठकले विशेष महाधिवेशनको अभ्यासकै कारण कांग्रेसको पछिल्लो पराजय भएको निष्कर्ष निकालेको बताइएको छ ।
साथै, पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला स्वीकार गरे पनि सभापति गगन थापाले अघि बढाएको महाधिवेशन प्रक्रियालाई मान्यता नदिने निष्कर्षसमेत बैठकले निकालेको छ ।





