काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।
भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा पत्र बुझाएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन् ।
सरकारले यसअघि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै भट्टको राजीनामा आएको हो ।




