देश

प्रधानमन्त्रीको अनुपस्थितिमा कांग्रेसको आपत्ति ,सभामुखको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाह लगातार अनुपस्थित रहेको भन्दै नेपाली कांग्रेसले सभामुखमार्फत तत्काल उपस्थित गराउन रुलिङ गर्न माग गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद निश्कल राईले संसद्को गरिमा जोगाउन सभामुखले सक्रिय भूमिका खेल्नुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्रीको अनुपस्थितिले सदनप्रति नै बेवास्ता भएको सन्देश गएको टिप्पणी गरे।

राईले नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेकै अवस्थामा प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने विषय यसअघि पनि उठाइएको स्मरण गराए। तर प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको दिनसमेत प्रधानमन्त्री उपस्थित नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सदन र आमनागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता औंल्याउँदै संसद्मा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य भएको बताए।

सांसद राईले सभामुखलाई सम्बोधन गर्दै संसद्को मर्यादा कायम राख्न आवश्यक कदम चाल्न आग्रह गरे। उनका अनुसार संसद्को कार्यसूची र सरकारका विषयमा उठेका प्रश्नप्रति प्रधानमन्त्री स्वयं जवाफदेही बन्नुपर्ने अवस्था रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *