देश

कांग्रेस केन्द्रीय समिति विस्तार, १९ नयाँ सदस्य थपिए

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

जसमा महेन्द्र यादव— धनुषा, जीवन परियार— कास्की, उमेश श्रेष्ठ — चितवन, रमेश रिजाल —पर्सा, सुजाता कोइराला- मोरङ, दिलेन्द्रप्रसाद बडू- दार्चुला, डा. चन्द्रकान्त भण्डारी- गुल्मी, अजयकुमार चौरसिया- पर्सा, लक्ष्मी परियार- उदयपुर, आङ्गेलु शेर्पा- सोलुखुम्बु, दिनेशकुमार यादव- सप्तरी, राजीव कोइराला- सुनसरी, राजीव ढुंगाना- सुनसरी, प्रा.डा. गोविन्दराज पोखरेल- प्यूठान, सुशिला मिश्र भट्ट- कैलाली, नागिना यादव- महोत्तरी, दिनेश कोइराला- चितवन, डा. जीवन राना- कैलाली र सीता थपलिया (उर्मिला)- धादिङ रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *