काठमाडौँ । हुरीबतास तथा चट्याङका घटना बढ्न थालेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको सचेतनामूलक सूचनामा हुरी चलिरहेका बेला घरका झ्याल–ढोका बन्द गर्न, आगोका स्रोत सुरक्षित रूपमा बन्द गर्न तथा खुला स्थानमा नबस्न अनुरोध गरेको छ।
मोटरसाइकल वा सवारीसाधन चलाइरहेका व्यक्तिलाई सवारी रोकेर सुरक्षित स्थानमा बस्न पनि आग्रह गरिएको छ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीले भीडभाड भएका स्थानमा आत्तिनु वा भागदौड गर्नु जोखिमपूर्ण हुनसक्ने भएकाले शान्त रहँदै सुरक्षित स्थानतर्फ जान समेत आग्रह गरे।




