देश

एक वर्षमा छ वटा पाटेबाघ मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् । सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको सङ्ख्या छ पुगेको हो ।

बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान हुन सकेको छैन । मृत भेटिएका बाघमध्ये दुई वटा जुधेर मरेका हुन् । तीन वटा उद्धार गरिराखेको अवस्थामा मरेका हुन् भने एउटा प्राकृतिक कारणले मरेको उहाँले जानकारी दिए ।

अघिल्लो गणनाअनुसार यस निकुञ्जमा १२८ वटा बाघ रहेका थिए । यस वर्ष गरिएको गणनाको नतिजा सार्वजनिक गरिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *