देश

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेको उच्चस्तरीय भेटवार्तामा नेपाली झण्डा नै गायब

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भएको भेटवार्तामा नेपाली झण्डा नराखिएको विषयमा प्रश्न उठेको छ ।

बिहीबार साँझ नयाँदिल्लीमा भएको एक्लाएक्लै वार्ताका क्रममा भारतीय अर्थमन्त्री सीतारमणतर्फ भारतीय झण्डा राखिएको भए पनि अर्थमन्त्री वाग्लेतर्फ नेपाली झण्डा नराखिएको देखिएको थियो ।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा समेत दुवैतर्फ भारतीय झण्डा राखिएको थियो । यद्यपि, डिजिटल बोर्डमा भने नेपाल र भारत दुवै देशका झण्डा देखाइएको थियो ।

द्विपक्षीय उच्चस्तरीय भेटवार्तामा दुवै देशका झण्डा राख्ने प्रचलन रहेकाले भेटवार्ताको व्यवस्थापनमा प्रश्न उठेको हो ।

विदेश भ्रमणका क्रममा नेपाली झण्डालगायत आवश्यक व्यवस्थापनमा परराष्ट्र मन्त्रालय तथा सम्बन्धित नेपाली दूतावासको समन्वय रहने भए पनि यस घटनालाई लिएर सरकारी पक्षको व्यवस्थापनमाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *