अर्थ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला रु दुई हजार ३०० र चाँदीको मूल्य रु ६० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ६२५ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६८५ कायम भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *