काठमाडौं। भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोक्षेले एक करोड ५० लाख रुपैंयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।
गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा गुरु रिम्पोछेको पुस्तक ‘जोए अफ लाइफ’ पनि शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियार पनि सहभागी थिए। गुरु रिम्पोछेका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो।




