देश

भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी हुँदै

काठमाडौं । सिजी प्रोपर्टिजले काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आयोजना गर्ने भएको छ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित असोज १ देखि ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा घरजग्गा खरिदकर्तालाई लक्षित गर्दै विभिन्न आकर्षक योजना तथा छुट सार्वजनिक गरिएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा रु ७७ लाख ५० हजारको घर योजना, २५ प्रतिशतसम्म छुट तथा रु ५ हजार १ को टोकन बैनाको अफर उपलब्ध हुनेछ।

सिजी प्रोपर्टिजले काठमाडौं नजिकै नुवाकोट र रसुवाका बासिन्दालाई समेत सहज हुने स्थानमा आवास उपलब्ध गराउने अवधारणा अघि सारेको जनाएको छ। कम्पनीका अनुसार तीन बेडरुमसहितको दुईतले आकर्षक घर करिब रु १ करोड ४० लाखसम्ममा उपलब्ध गराउने योजना छ।

प्रदर्शनीमार्फत घर तथा जग्गा खरिद गर्न चाहने ग्राहकलाई आवासका विभिन्न विकल्प, मूल्य र खरिदसम्बन्धी सुविधाबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउने आयोजकको अपेक्षा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *