काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रपछि निलम्बनमा परेका कैलाली मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको छ ।
भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्देशन जारी गरिएको हो ।
निर्वाचन आयोगबाट उनलाई मुद्दा किनारा नलाग्दा सम्म अध्यक्षको कुनै पनि अधिकार प्रयोग गर्न नपाउने प्रस्ट पारेको छ ।





