धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुको कारण माग गरेका छन् ।
कांग्रेसको जरा अभियानको क्रममा शनिबार कैलालीको धनगढीमा भएको सभालाई सम्बोधन गर्दै शाहले देउवालाई टिकट दिनबाट बञ्चित गराइनुको कारण सोधेका हुन् । उनले देउवालाई टिकट नदिने विषय पनि स्वाभाविक हो कि होइन भन्ने विषयमा नेतृत्वले स्पष्ट पार्नुपर्ने बताए ।
उनले गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको भन्दै सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति थापाकै काँधमा रहेको बताए ।
उनले भने, ‘अबको १० बर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ तर, तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन् तिनले तपाईंलाई समाप्त पार्नसक्छन् ।’




