काठमाडौं । संघीय संसद् सचिवालयभित्र रहेका कर्मचारी ट्रेड युनियन औपचारिक रूपमा खारेज भएका छन् । सचिवालयले सूचना जारी गर्दै कानुनी संशोधनपछि कर्मचारी युनियनसम्बन्धी व्यवस्था हटाइएको जनाएको हो ।
सचिवालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारद्वारा जारी सूचनाअनुसार “केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश–२०८३” मार्फत संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ संशोधन गरिएको छ । उक्त संशोधनपछि ऐनमा कर्मचारी युनियनसम्बन्धी व्यवस्था नरहेकाले युनियन स्वतः निष्क्रिय भएको स्पष्ट पारिएको छ ।
यससँगै संसद् सचिवालयअन्तर्गत सञ्चालनमा रहेका कर्मचारी संगठन तथा ट्रेड युनियनको कानुनी मान्यता समाप्त भएको सचिवालयले जनाएको छ ।




