खेलकुद

विश्वकप लिग २: आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजकको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्दै लिगको अन्त्य गर्ने लक्ष्यमा रहेका छन् । यसअघि भएको खेलमा डकवर्थ लुइस पद्दतिको आधारमा १ सय २ रनले पराजित भएको नेपाल आज ओमानलाई हराउँदै बदला लिने लक्ष्यमा हुनेछ । जारी सिरिजमा नेपालले दुवै खेलमा युएईलाई १ सय २ र ६ रनले हराउँदा ओमनासँग पराजित भएको थियो ।

हाल २३ खेलबाट १६ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा रहेको नेपाल आज दुई अंक जोड्दै छैटौँ स्थानमा रहेको क्यानडासँग अंक दुरी घटाउन चाहन्छ । क्यानडा २४ खेलबाट २१ अंकको साथ छैटौँ स्थानमा रहेको छ ।

यता ओमान नेपालविरुद्ध सुखद लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । ओमानले जारी सिरिजमा युएईविरुद्ध दुवै खेल ५४ र २५ रनले गुमाएको थियो । हाल ओमान २७ खेलबाट ३१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *