देश

प्रेस स्वतन्त्रताको पक्षमा राजधानीमा पत्रकारहरूको प्रदर्शन

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सञ्चारकर्मीहरूले राजधानीमा ऐक्यबद्धता प्रदर्शन गरेका छन्। ‘सम्पूर्ण भविष्य निर्माण, मानव अधिकारको विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको सुनिश्चितता’ भन्ने नारासहित पत्रकारहरू माइतीघर मण्डलामा भेला भएका थिए।

नेपाल पत्रकार महासंघको आयोजनामा सम्पन्न कार्यक्रममा महासंघ अध्यक्ष निर्मला शर्मा लगायतले प्रेस स्वतन्त्रताको महत्व र चुनौतीबारे आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रमपछि सहभागीहरूले माइतीघरबाट र्‍याली निकाल्दै बबरमहल हुँदै नयाँ बानेश्वर चोकसम्म पुग्ने योजना बनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *