देश

कपनसहित विभिन्न क्षेत्रमा अतिक्रमण हटाउने अभियान तीव्र

काठमाडौं । सरकारले नदी किनार तथा सार्वजनिक जग्गामा फैलिएका अवैध बस्ती हटाउने अभियानलाई निरन्तरता दिएको छ । दोस्रो चरणअन्तर्गत आइतबार बिहान काठमाडौँको कपन क्षेत्रमा डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाइएको हो ।

यसअघि शनिबार बालाजु र स्वयम्भू आसपासका बस्तीमा पनि यस्तै प्रकारको कारबाही गरिएको थियो । सम्बन्धित निकायले सार्वजनिक क्षेत्र संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाइएको जनाएको छ ।

सरकारले पहिलो चरणमै थापाथली, गैरीगाउँलगायत स्थानमा रहेका सुकुमबासी बस्ती हटाइसकेको छ । अहिले दोस्रो चरणमा अन्य संवेदनशील तथा अतिक्रमित क्षेत्रहरूलाई लक्षित गर्दै अभियान विस्तार गरिएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *