देश

मधेश प्रदेश सरकार जोगाउन चार दलको सहमति, विश्वासको मत लिने तयारी

काठमाडौं । मधेश प्रदेश मा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय चार राजनीतिक दलले गरेका छन् । सरकारबाट जनमत पार्टी ले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक अस्थिरताबीच सत्तारुढ दलहरूले संयुक्त रूपमा सरकार जोगाउने सहमति गरेका हुन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीचको संयुक्त बैठकले गरेको हो । बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने निर्णय गर्दै छिट्टै प्रदेशसभामा परीक्षणमा जाने सहमति पनि गरेको छ । दलहरूले संयुक्त विज्ञप्तिमार्फत वर्तमान सरकारलाई स्थायित्व दिन आवश्यक राजनीतिक समर्थन कायम रहने स्पष्ट पारेका छन् ।

गत वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश प्रदेशको सत्ता समीकरणमा चुनौती उत्पन्न भएको थियो । तर पछिल्लो चार दलको सहमतिले सरकारलाई तत्कालका लागि निरन्तरता दिने बाटो खुलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *