काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसले महामन्त्रीमा एक महिलासहित तीन जना रहने व्यवस्था गरेपछि आकांक्षीबीच प्रतिस्पर्धा बढेको हो । महामन्त्रीमा दुई खुला र एक महिला कोटा निर्धारण गरिएको छ ।
महिला महामन्त्रीका लागि महालक्ष्मी उपाध्याय ‘डिना’ र डा. डिला संग्रौलाले दाबी गरेका छन् ।त्यस्तै, खुला महामन्त्रीका लागि वर्तमान महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेसहित उदयशमशेर राणा, मधु आचार्य, नैनसिंह महर, सुनील शर्मा, शंकर तिवारी र अमर पुनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ भने बिहीबार निर्वाचन हुने कार्यतालिका रहेको छ ।




