देश

सुकुम्बासी विस्थापनप्रति हर्कराज राईको आपत्ति, ‘गरिबलाई सडकमा धकेल्न पाइँदैन’

काठमाडौं । काठमाडौँको थापाथली क्षेत्रमा हटाइएको सुकुम्बासी बस्तीको अवलोकनपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले भूमिहीन र गरिब नागरिकलाई विकल्पविहीन बनाउँदै सडकमा बस्न बाध्य पार्ने नीति अस्वीकार्य रहेको बताएका छन्।

राईले सुकुम्बासीलाई केवल अव्यवस्थित बस्तीका रूपमा होइन, समान अधिकार भएका नागरिकका रूपमा हेर्नुपर्ने धारणा राखे। उनका अनुसार राज्यले उनीहरूको आधारभूत आवश्यकता—खाना, बसोबास र पहिरन—सुनिश्चित गर्नु पहिलो दायित्व हो।

उनले सरकारलाई बस्ती खाली गराउनु अघि पुनर्वासको स्पष्ट योजना ल्याउन आग्रह गर्दै भने, “विस्थापन होइन, व्यवस्थापन आवश्यक छ। गरिब नागरिकलाई संरक्षण गर्नु राज्यको जिम्मेवारी हो, दण्ड दिनु होइन।”

राईले सबै वर्गका नागरिकका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै सामाजिक न्याय र समावेशी नीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *