काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरुले फैलाउने भ्रम चिर्न एमालेका पक्षमा गीत संगीत रचना गर्न आग्रह गरेका छन् ।
एमाले निकटका कलाकाहरुलाई अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् । स्थानीय चुनावमा एमालेका पक्षमा गीत संगीत रचना गरेका कलाकारहरुलाई धन्यवाद ज्ञापन तथा सम्मान गर्दै
शसक्त भएर विपक्षीहरुका भ्रम चिर्ने गीत सिर्जना गर्न आग्रह गरेका हुन् ।
राष्ट्रिय जनसंगीत कलाकार संघ, केन्द्रीय समितिले गरेको कार्यक्रममा अध्यक्ष ओलीले विपक्षीहरुले फैलाएका भ्रमहरुलाई चिर्नका लागि जनपक्षीय गीत–संगीतले ठूलो भूमिका निर्वाह गर्ने भएकाले त्यसका पक्षमा अझ सशक्त रुपमा लाग्न कलाकारहरुलाई आग्रह गरेको नेकपा एमालेले जनाएको छ ।




