देश

रास्वपाले आज प्रि-बजेट छलफल आयोजना गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदबीच हुने छलफल कार्यक्रमअन्तर्गत आज प्रि-बजेट छलफल आयोजना गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन तथा प्राथमिकता निर्धारणका लागि कार्यक्रम राखिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा पार्टीका सांसदहरूबीच बजेटका प्राथमिकता, नीति तथा आवश्यकताबारे छलफल गरिनेछ ।

कार्यक्रम आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *