देश

प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको हो । समितिको बैठकमा समितिको कार्यक्षेत्रका बारे र समितिको आगामी कामकारबाहीको विषयमा छलफल हुने जानकारी दिइएको छ ।

त्यस्तै आज बिहान ११ बजे समितिको सभाकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको कार्य क्षेत्र र समितिले विगतमा सम्पादन गरेका कामकारबाहीको अनुभव आदान/प्रदान गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै आज समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र काम कारबाही र आगामी कार्यदिशा बारे छलफल हुने जानकारी दिइएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *