विश्व

पश्चिम बङ्गाल, असम, केरला र तमिलनाडुका लागि मतदान सम्पन्न, मतगणना मे ४ मा

पश्चिम बङ्गालमा दोस्रो चरणको मतदानसँगै चार राज्य र एक केन्द्र शासित प्रदेशमा विधानसभा चुनावको मतदान पूरा भएको छ।

असम, केरला र पुडुचेरीमा अप्रिल ९ मा एकै चरणमा मतदान भएको थियो । तमिलनाडुमा पनि अप्रिल २३ मा एकै चरणमा मतदान भएको थियो ।

पश्चिम बङ्गालमा अप्रिल २३ र २९ मा दुई चरणमा चुनाव भएको हो ।

मतदान सकिएपछि यी सबै विधानसभाका फरक–फरक मतदान सर्भेक्षण पनि सार्वजनिक भएका छन् ।

मतदान सर्भेक्षण अनुमान मात्र हो । यी सबै राज्यको मतगणना मे ४ मा हुनेछ र त्यसपछि मात्र अन्तिम परिणाम थाहा हुनेछ ।

पश्चिम बङ्गालका बारेमा विभिन्न मतदान सर्भेक्षणले फरक कथा बताइरहेका छन् ।

पश्चिम बङ्गाल विधानसभाको कुल २९४ सदस्यका लागि भएको निर्वाचनमा बहुमतका लागि १४८ सिट आवश्यक छ । पिमार्कको मतदान सर्भेक्षणअनुसार तृणमूललाई ११८ देखि १३८ सिट, भाजपालाई १५० देखि १७५ र अन्यलाई दुई देखि छ सिट दिइएको छ ।

म्याट्रिक्सको मतदान सर्भेक्षणअनुसार तृणमूललाई १२५–१४०, भाजपालाई १४६–१६१ र अन्यलाई ६–१० सिट दिइएको छ ।

मतदान सर्भेक्षणका अनुसार तृणमूललाई १७७–१८७, भाजपालाई ९५–११०, काङ्ग्रेसलाई १–३ र वामपन्थीलाई एक सिट दिइएको छ ।

चाणक्य रणनीतिको मतदान सर्भेक्षणका अनुसार तृणमूललाई १३०–१४०, भाजपालाई १५०–१६० र अन्यलाई ६–१० सिट दिइएको छ ।

असममा अप्रिल ९ मा एकै चरणमा मतदान भएको थियो । असम विधानसभामा १२६ सिट छन् भने बहुमतको आँकडा ६४ छ ।

अधिकांश मतदान सर्भेक्षणले भाजपा गठबन्धनमा अग्रता देखाएका छन् । एक्सिस माई इन्डियाको मतदान सर्भेक्षणअनुसार भाजपा गठबन्धनले ८८ देखि १०० सिट लिएका छन् भने काङ्ग्रेस गठबन्धनले २४–३६ सिट र अन्यलाई ०–३ सिट पाउने आँकलन गरिएको छ।

जेभिसीको मतदान सर्भेक्षणमा भाजपा गठबन्धनले ८८–१०१, काङ्ग्रेस गठबन्धनले २३–३३ र अन्यले २–५ सिट पाउने आँकलन गरिएको छ।

पिमार्कको म्तदान सर्भेक्षणमा भाजपा गठबन्धनले ८२–९४, काङ्ग्रेस गठबन्धनले ३०–४० र अन्यले १–५ सिट पाउने आँकलन गरिएको छ।

मतदान सर्भेक्षणका अनुसार भाजपा गठबन्धनले ८५–९५, काङ्ग्रेस गठबन्धनले २५–३२ र अन्यले ६–१२ सिट पाउने आँकलन गरिएको छ।

पिपुल्स पल्सको मतदान सर्वेक्षणअनुसार भाजपा गठबन्धनले ६८–७२, काङ्ग्रेस गठबन्धनले २२–२६ र अन्यलाई ११–१५ सिट आउने आँकलन गरिएको छ।

मतदान सर्भेक्षणमा भाजपा गठबन्धनले ८६–१०१, काङ्ग्रेस गठबन्धनले १५–२६ र अन्यले ३–७ सिट पाउने आँकलन गरिएको छ।

केरला विधानसभाको १४० सिटका लागि अप्रिल ९ मा एकै चरणमा मतदान भएको थियो । यहाँ बहुमतको सङ्ख्या ७१ रहेको छ ।

एक्सिस माई इन्डियाको म्तदान सर्भेक्षणअनुसार एलडिएफलाई ४९–६२, युडिएफलाई ७८–९० र भाजपा गठबन्धनलाई ०–३ सिट पाउने आँकलन गरिएको छ।

पिमार्कको मतदान सर्भेक्षणमा एलडिएफले ६२–६९, युडिएफले ७१–७९, भाजपा गठबन्धनले १–४ र अन्यलाई ०–३ सिट पाउने आँकलन गरिएको छ।

म्तदान सर्भेक्षणअनुसार एलडिएफलाई ६०–६५, युडिएफलाई ७०–७५, भाजपा गठबन्धनलाई ३–५ र अन्यलाई २–४ सिट पाउने आँकलन गरिएको छ।

पिपुल्स पल्सको मतदान सर्भेक्षणमा एलडीएफलाई ५५–६५, यूडीएफलाई ७५–८५ र भाजपा गठबन्धनले ०–३ सिट पाउने आँकलन गरिएको छ।

तमिलनाडु विधानसभाको २३४ सिटका लागि अप्रिल २३ मा एकै चरणमा मतदान भएको थियो। यहाँ बहुमतको सङ्ख्या ११८ छ ।

पी–मार्क मतदान सर्भेक्षणमा डीएमके गठबन्धनले १२५–१४५, एआईएडीएमके गठबन्धनले ६५–८५, टिभिकेलाई १६–२६ र अन्यलाई १–६ सिट पाउने आँकलन गरिएको छ।

म्याट्रिक्सको मतदान सर्भेक्षणमा डिएमके गठबन्धनले १२२–१३२, एआईएडिएमके–गठबन्धनले ८७–११०, टिभिकेलाई १०–१२ र अन्यलाई ०–६ सिट पाउने आँकलन गरिएको छ।

पिपुल्स पल्स मतदान सर्भेक्षणमा डिएमके गठबन्धनले १२५–१४५, एआइएडिएमकेले ६५–८०, टीभीकेलाई १८–२४ र अन्यलाई २–६ सिट पाउने आँकलन गरिएको छ।

चाणक्य रणनीतिको म्तदान सर्भेक्षणका अनुसार डीएमके गठबन्धनले १४५–१६०, एआइएडिएमके गठबन्धनले ५०–६५, टिभीकेलाई शून्य र अन्यलाई १८–२६ सिट पाउने आँकलन गरिएको छ।

एक्सिस माई इन्डियाको म्तदान सर्भेक्षणका अनुसार डिएमके गठबन्धनले ९२–११० सिट पाएका छन् भने एआईएडीएमकेले २२–३२ सिट र टिभिकेलाई ९८–१२० पाउने आँकलन गरिएको छ।

हालैको विधानसभा चुनावको दौरान, एक केन्द्र शासित प्रदेश पुडुचेरीमा पनि अप्रिल ९ मा मतदान भएको थियो।

कुल ३० सदस्यीय पुडुचेरी विधानसभामा बहुमतका लागि १६ सदस्यले जित्नु आवश्यक छ।

एक्सिस माई इन्डियाको मतदान सर्भेक्षणअनुसार भाजपा गठबन्धनले १६–२०, काङ्ग्रेस गठबन्धनले ६ देखि ८ र अन्यले ३ देखि ७ सिट पाउने अनुमान गरिएको छ ।

पिपुल्स पल्सको एग्जिट पोलमा भाजपा गठबन्धनले १६–१९, काङ्ग्रेस गठबन्धनले १०–१२ र अन्यले १–२ सिट पाउने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *