काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् । आङ्देम्बेले बुधबार शाहलाई उपनेता पदमा नियुक्त गरेका हुन् । शाह कपिलवस्तु–३ बाट निर्वाचित सांसद हुन् ।
त्यस्तै, प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरिएको छ ।
दलको कार्यालयका अनुसार, ‘धारा ७(१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३(२) बमोजिम मुख्य सचेतकमा माननीय वासना थापा र धारा १३(३) बमोजिम सचेतकमा माननीय निष्कल राईलाई मनोनयन गरिएको छ,’ भन्ने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।




